त्रिपुरासुन्दरी गाउँपालिकामा डिजिटल प्रबिधि मार्फत ब्यक्तिगत घटना दर्ता

जनतापत्र, त्रिपुरासुन्दरी ।

त्रिपुरासुन्दरी गाउँपालिकाले साेमवार डिजिटल प्रबिधि मार्फत ब्यक्तिगत घटना दर्ता कार्यक्रमकाे उद्घाटन गरेकाे छ ।


साे कार्यक्रम प्रभावकारी वनाउन पालिकाकाे वडा नम्वर ४ को २ जनालाई अनलाईन दर्ता भएको प्रमाणपत्र वितरण गरि पालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले साे कार्यक्रमकाे उद्घाटन गर्नु भएकाे थियाे ।

साे कार्यक्रम उद्द्घाटन कार्यक्रमको अध्यक्षता साे गाउँपालिका वडा नम्वर ४ काे वडा अध्यक्ष भाेटाेला थामीले गर्नुभएकाे थियाे भने प्रमुख अतिथि पालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ र विशेष अतिथि गाउँपालिका उपाध्यक्ष दुर्गा देबि नेपाल हुनुहुन्थ्यो ।

 8,481 total views,  2 views today

Related posts