स्काउट तदर्थ समितिकाे दीक्षान्त समाराेह सम्पन्न

जनतापत्र, हेटौँडा ।

बाग्मती प्रदेश स्काउट तदर्थ समितिकाे दीक्षान्त समाराेह हेटौँडमा साेमवार सम्पन्न भएकाे छ ।

साे समारोहकाे प्रमुख अतिथि वाग्मती प्रदेशकाे मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यहुनुहुन्थ्याे । साे समाराेहलाई सम्वाेधन गर्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्काउट राजनीतिभन्दा माथि उठ्नपर्ने तर्क गर्नुभएकाे थियाे ।

वागमती प्रदेश स्काउट तदर्थ समितिको दीक्षान्त एवम् पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्नुहुदै अष्टलक्ष्मी शाक्यले स्काउटले राजनीतिभन्दा माथि उठेर सेवाको क्षेत्रमा काम गर्नुपर्ने बताउनु भएकाे थियाे ।

‘स्काउट विनास्वार्थ निष्पक्ष भावनाका साथ काम गरिरहेको संस्था हो’, ‘संरक्षकको नाताले मुख्यमन्त्री कार्यालय एवम् प्रदेश सरकारबाट सकिने सहयोग गर्न सधैं प्रतिवद्ध रहेकाे वताउनुभयाे ।’

स्काउटले समाजमा भईरहेकाे हिंसा तथा असमानता कम गर्न भूमिका निर्बाह गर्नुपर्ने पनि मुख्यमन्त्री शाक्यले वताउनुभयाे ।

साे समारोहमा वागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले पनि स्काउटको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै प्रभावकारी ढंगमा काम गर्नुपर्ने बताउनुभयाे ।

साे समारोहमा स्काउटको प्रदेश संरक्षक, स्थानीय संरक्षकलगायत दीक्षित भएको मुख्यमन्त्री शाक्यकी स्वकीय सचिव सीता थापाले जानकारी दिनुभयाे ।

 13,060 total views,  2 views today

Related posts