आर्थिक संबृद्धिकाे लागि युवा सचेतना कार्यक्रम – पाँचपाेखरीमा 

जनतापत्र, पाँचपाेखरी ।

पाँचपोखरी थाङपाल गाउँपालिकाले आर्थिक संबृद्धिका लागि युवा सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको थियाे ।

एक दिने वडा स्तरिय अन्तरक्रियात्मक कार्यक्रम गाउँपालिका भित्रका ८ वटै वडामा असोज ७ गते देखि संञ्चलन गरि मिति २०७८ साल असाेस १५ शुक्रबार सम्पन्न गरेकाे थियाे ।
साे कार्यक्रममा ३१५ नजा युवा उद्यमी र व्यवसायिहरु बीच अन्तर्रक्रियात्मक कार्यक्रम सञ्चालन गरेको थियो ।

साे कार्यक्रम गाउँपालिका भित्रका उद्यमी पशु, कृषि, पर्यटन, होटल तथा पसल व्यवसायमा लागेकाहरुसंग पनि अन्तरक्रियात्मक गरेकाे थियाे ।

पाँचपाेखरी गाउँपालिका सामाजिक विकास शाखाको आयोजनामा भएको साे कार्यक्रमलाई सञ्चालन गाउपापालिकाकाे कर्मचारी युवराज भट्टराईले गर्नु भएको थियो ।
सो कार्यक्रममा व्यवसायमा लागेकोहरुको व्यवसाय दर्ता , पुँजी थपघट, साझेदारी फर्म दर्ता , व्यवसाय नवीकरण जस्ता विषयमा गाउँपालिकाको व्यवसाय दर्ता तथा नविकरण निर्देशिका २०७७ बमोजिम सेवाग्राहिहरुले पुरा गर्नु पर्ने कागजी प्रक्रियाको बारेमा सामाजिक विकास शाखा प्रमुख चित्र रेखा सिलवालले व्यवसायिहरुलाई जानकारी गराउनुभएकाे थियाे ।
उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजार व्यवस्थापनको लागि स्थानीय उद्यमशीलताको विकास प्रवर्द्धन र बजारीकरण सम्बन्धि पालिका स्तरिय समिति र वडा स्तरीय उपसमिती गठन गरेकाे छ ।
साे समितिलाई आगामी दिनमा थप क्रियाशील बनाउदै लैजाने कुरा बाताउदै सोही कार्यक्रममा स्थानीय उद्यमशीलताको विकास प्रर्वद्धन र बजारीकरणको कार्यविधि २०७७ बमोजिम गठन उद्यमीहरुको भेला बाट सर्वसहमत रुपमा गठन गरिएको थियो।

गाउँपालिका भित्रका व्यवसायिहरुले व्यवसाय सुरुवात गर्दा व्यवसायिले व्यवसायिक योजना, बजार योजना उत्पादन योजना खर्च योजना र वितिय योजना बनाएर ब्यबसाय सन्चालन गर्नुपर्ने कुराहरुलाई लघुउद्मम बिकास शाखा प्रमुख दिपेन्द्र पौड्यालले जानकारी गराउनु भएको थियो ।

“सुखि नेपाली समृद्धि नेपाल” को लागि नेपाल सरकारले ल्याएको नारालाई सफल र सार्थक बनाउन युवा पुस्ताले साथ सहयोग आफ्नै ठाउँ र वडा स्तर बाट विभिन्न पेशा, व्यवसायमा , उत्पादनशील र उर्जनशील भएर लाग्न गाउँपालिका अध्यक्ष टासी लामाले अनुराेध गर्नु भएको थियो ।
अध्यक्ष लामाले गाउँपालिका भित्रका कृषि पेशामा लागेकालाई कृषि एम्बुलेन्सका लागि योजना बनाएको विभिन्न वडाहरु पकेट क्षेत्र घोषणा गरिएको जानकारी दिनु भयो ।
सामाजिक विकाश शाखा लघु उद्यम शाखा मार्फत गत २०७७।०७८ मा ९० जनालाई तालिम दिएको कुरा बताउदै गाउँपालिका भित्र व्यवसायिहरु ५२० वटा भन्दा बढि व्यवसायदर्ता भएको र गाउँपालिकले आगामी दिनमा गाउँपालका भित्रका विभिन्न उद्यम व्यवसाय गर्नेहरुलाई चक्रिय पुँजी परिचालन गरि व्यवसाय प्रवर्धन गर्ने कार्य गर्न पालिका तयार रहेको कुरा अध्यक्ष लामाले प्रतिबद्ध भएको जनाउनु भएको कुरा पाँचपोखरी थाङपाल गाउँपालकाको कार्यालय बाट युराज भट्टराईले जानकारी दिनुभयो ।।

 29,096 total views,  6 views today

Related posts