एफ.अार.ई.अाई परियोजना अन्तर्गत मौँरी सहितको घार वितरण

जनतापत्र, मेलम्ची ।

ग्रामीण सहभागिता र आत्मनिर्भरताको लागि सहजीकरण परियोजना (एफअारईअाई)ले अाईतवार मेलम्ची नगरपालिकाकाे ११ नम्बर वडाकाे मेलम्ची गेष्ट हाउसमा मौरी सहितको मौरिको घार वितरण कार्यक्रम सम्पन्न भएको थियाे ।

मेलम्ची नगरपालिकाकाे समन्वय, द साक्भेसन मिसनको आयोजना र साझेदारी सस्था चाइल्ड नेपालसंगकाे सहकार्यमा संचालित ग्रामीण सहभागीता र आत्मनिर्भरताको लागि सहजीकरण (एफअारईअाई) परियोजना अन्तर्गत साे स्थानमा मौरी सहितको मौरिको घार वितरण कार्यक्रम सम्पन्न भएको थियाे ।
साे नगरपालिकाकाे ५ र ६ नम्बर वडाकाे किसानहरूलाई व्यवसायीक मौरी पालनको लागि प्रेरित गरि जिवन स्तरमा सुधार गर्ने उदेश्यले शतप्रतिशत अनुदानमा ४१ जना किसानलाई १२० घार सेरेना जातको मौरि सहितको मौरीको घार वितरण गरिएको थियाे ।

साे कार्यक्रम द साल्भेसन मिसनको कोषाध्यक्ष निसान लो को अध्यक्षता,मेलम्ची नगरपालिकाको उपमेयर भगवती नेपालको प्रमुख अतिथ्यता,द साल्भेसन आर्मिको प्रतिनिधि लाल साङ पुईको बिशेष अतिथ्यतामा कार्यक्रम भएको थियाे ।
त्यसैगरी साे कार्यक्रममा चाईल्ड नेपालको सचिव रत्न उप्रेती,मे न प ५ को वडा अध्यक्ष सुदर्शन लुइँटेल,मे न पा ६ को वडा अध्यक्ष जितराज थापा ,द साल्भेसन मिसनको परियोजना संयोजक हरिराम सुनुवार र वडा ५ र ६ को किसानहरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको द साल्भेसन मिसनको फिल्ड सुपरभाइजर मिना सिग्देलले बताउनुभयो ।

 29,919 total views,  2 views today

Related posts