
जनतापत्र, मेलम्ची ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर १ र २ को मोटरबाटोमा जनश्रमदानबाट जाली भर्ने काम भएको छ ।
स्थानीय मैते दोङका अनुसार, स्थानिय तथा कर्मचारीको जनश्रमदान तथा पालिका र वडा न १ र २ को अध्यक्षका सहयोगमा हिजो बाँसखर्क , जतन , बरुवाको अबरुद्ध मोटरबाटोमा ग्याबिन जाली भर्ने काम गरिएको हो । बर्षाका कारण अबरुद्ध मोटर बाटो सुचारु गर्न पहिरोमा ग्याबिन जालिभरिएको र पालिका तथा बरुवा र बासखर्क वडाले डोजर उपलब्ध गराए पछि बाटो मर्मत गरिएको हो ।
अहिले मेलम्ची , दुवाचौर ,लाभगाउँ बाँस खर्क हुँदै बरुवा सम्म बस संचालमा आएको छ ।
11,029 total views, 2 views today