
जनतापत्र, बलेफी ।
बलेफी गाँउपालिकाले मेलमिलाप सम्वन्धी आधारभूत तालिम संचालन गरेको छ । बैशाख ८ गतेवाट १५ गतेसम्म संचालन भएको सो तालिमको समापन सत्रमा बोल्दै बलेफी गाँउपालिकाका अध्यक्ष गंगावहादुर तामाङले मेलमिलाप केन्द्र व्यवस्थापन र मेलमिलाप कर्ताहरुलाई प्रोत्सानका कार्यक्रमहरु तयार पार्ने बताएका छन् । उनले मेलमिलाप कार्यबिधी आगामी गाँउसभामा पारित गर्ने वताएका छन । उनले थपे विवाद समाधानमा मेलमिलाप प्रकृयाको धेरै महत्व छ यसलाई स्थापित गरों ।

कार्यक्रमका अध्यक्ष तथा बलेफी गाँउपालिकाका उपाध्यक्ष सरु लामाले मेलमिलाप तालिम प्रभावकारी भएको र यसलाई वडा वडामा मेलमिलाप अभियान संचालन गर्न योजना वनाउने बताइन । उनले मेलमिलाप कर्तालाई सक्रिय बनाउने कार्यक्रमहरु सिर्जना गर्ने वताइन ।
सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देविलाल सापकोटा सहित वडा अध्यक्षहरुले मेलमिलाप कार्यक्रलाई प्रभावकारी वनाउन आआफ्नो ठाँउवाट पहल गर्ने वताएका थिए ।

प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रका टीका सुवेदीले मेलमिलाप कर्ताले सिकेका कुरा समुदायमा गएर व्यवहारमा उर्तान पालिकाले सपोर्ट गर्ने पर्ने वताए । उनले फाटेका मन सिलाउने अभियानलाई सशक्त वनाउन सवै जनप्रतिनीधिसंग अनुरोध गरे । विवादलाई दिगो समाधान गर्ने प्रकृयामा काम गर्ने मेलमिलाप कर्ताहरुलाई वधाइ दिदैं भने हामीले लगाएका राजनैतिक, सामाजिक, साँस्कृतिकका विभेदका टोपी फुकालेर मात्र मेलमिलाप संचालनको प्रकृयामा सहभागि वनौं ।
टुकिसंघ सुनकोशीमा भएको सो तालिममा २८ जना सहभागी रहेका बलेफी गाँउपालिकाका न्यायिक कानुनि सहजकर्ता भगवति तिमल्सीनाले वताइन ।

3,143 total views, 14 views today