
दसैँ आयो । दसैँ हिजो पनि आउँथ्यो आज पनि आयो र भोलि पनि आउँछ वर्षहरू बित्छ तर हर्षहरू मिसिएकी मिसिएनन् त्यो ठुलो कुरा हो। हाम्रा बा आमाहरू दसैँ उहिलेको जस्तो छैन भन्छन् तर दसैँ दसैँ जस्तो किन छैन भन्छन् त मानिसहरू एकै छिन चिन्तन गरौँ न हुन्न?
सहरको दशैभन्दा गाउँघर को दसैँ रमाइलो भने कुरा बढिनै सुनिन्छ। हिजोको दसैँमा गाउँघरमा हावाले ल्याउने दशैको वासना नै सुगन्धित हुन्थ्यो। विदेश गएकाहरू नभरी उत्साह बोक्दै घर फर्किन्थे जागिर पढाइ गर्न सहर छिरेका पनि दसैँमा घर जान रमाउँथे।
गरिबी त हिजो पनि थियो आज पनि छ तर सुख दुःख चार्ड वाड आफ्नो हैसियत अनुसार सपरिवार सङ्गै बसेर मनाउँथे। लामो दुरीको बसमा ठुलो आवाजमा बजेको दोहोरी सुन्दै रमाउँदै घर पुगिन्थ्यो।
बाल्यकालका साथीभाइ जो जहाँ पुगेपनी दसैँ मान्न घर आउँथे जति बेला सात समुन्द्रपारि पुगेकाहरू विमानस्थलमा अवतरण गर्दा विमानस्थलमा खुसी र हाँसो मात्र गुन्जिन्थ्यो। आज जस्तो रातो बाकसमा को आउँथ्यो र ? विमानस्थलमा छाती पिटिपिटी मानिसहरू रोएको काहा सुन्नु पर्थ्यो र?
अझै पाका बुढा बा आमाको स्मरणको दसैँ त अझै कति रमाइलो थियो होला आजको दसैँ फरक छ देशका कयौँ गाउँघरमा बुढाबुढी बा आमा मात्रै छन् तिनको हातले टीका लगाइदिन पर्ने निधारहरू मध्यका अधिकांश निधारहरू पसिनाको धारा मात्रै बगाउन विवश छन् आशीर्वाद थाप्ने थाप्लोमा ऋणको बुझ छ परिवारको जिम्मेवारी छ देशले भयङ्कर प्रगति ग¥यो परिवर्तन पनि हुन विधि भयो तर बर्सेनि रित्ता निधारहरू बढेको बढै भए।
आफ्नो परिवार आफ्नो गाउँ आफ्नो देशमा चाड्बार्ड मान्न रहर नभएको को होला र तर देशमा यति परिवर्तन भैसक्योकी दुई गाँस खान छोराछोरी पढाउन बा आमाको उपचार गर्न यो देशमा काम पाइन छाड्यो ऋण धन गरेर राजधानीमा पढ्न आउने र दसैँमा घर जाने उ बेलाको दसैँ जस्तो रहेन अचेलको दसैँ।
ऋण धन गरेर जसरी भए पनी विदेश जाने र दुई पैसा कमाउने अचेलको दशैले सहर लाई त्यति फरक पारेनन् तर गाउँघर लाई भने शून्य नै पारे। सयौँ हैनन् हजारौँ मात्र पनि होइनन् लाखौँ युवाहरूले देशमा दसैँ मनाउन नपाएको बर्सौँ भयो।
मोबाइलको स्क्रिनमा भिडियो कल गरेर टीका लगाउँदा बा आमाको हात थरथरी कापेका छ अर्काको देशमा भएको सन्तानलाई प्रविधिले दिएको सुविधाका कारण आँखाले देखेर रुन चाहिँ पाइने तर हातले छुन चाहिँ नपाइने दशैहरु कति मनाउनु? भैगो ! थोरै खाऊ आफ्नै देश जाऊ भनेर जोसिन मन भएका कति छन् कति पाउन गारो काम पाएपनी कमाइने थोरै दाम र महङ्गिले दुई छाक पनि पेटभरी खान नसकिने मामको अगाडी जाबो दशैको के मूल्य भयो र
बजार भाउ र महङ्गिले आकाशको डाँडै काटिसक्यो आकासिएको बजार भाउले निधारमा मुजा पर्ने गरी चिन्तामा पार्ला त्यसमाथि तर कारीको भाउ हिजो ती प्याज काट्दा आशु आउँथ्यो आज प्याज किन्दा पनि आशु आउँछ यस्तो अभावै अभावको दशैको के मूल्य भयो र देशको दसैँ हिजोको जस्तै रहेन किन भने दसैँ मान्न सबै घरमा छैनन् भविष्यमा कुनै दिन दसैँ मनाउला भनेर मुठी कसेर देशै छोडेर गएका गरिब जनताले १ दिन पनि ढुक्कले दसैँ मनाउन पाएको छैनन्
अबको दसैँमा कसैले पनि आफ्नो प्यारो परिवार प्यारो गाउँ अनि अ
आफ्नो प्यारो देश छोड्नै नपरोस् आफ्नो प्रियजन सङ्ग टाढा रहेर विदेशमा दसैँ मनाउन बाध्य आदरणीय मित्र जनहरू देशमै दसैँ मनाउने दिन पनी आउँछ भन्दै यहीँबाट सबैलाई न्यानो सम्झना सहित बडा दसैँ २०८० को शुभकामना ।
पुष्कर भारती चौतारा साँगाचोकगढी नगरपालिका वडा न ११
3,729 total views, 35 views today