अब जुरे पहिरो पीडितले रकम नपाउने


जनतापत्र, बाह्रबिसे ।
जुरे पहिरो पीडितले रकम नपाउने भएका छन् । पिडितका लागि लागि संकलित रकम २०७१ सालदेखि नेपाल बैंक चौताराको राहत कोषमा जम्मा भएर बसेको थियो ।
अब जनस्तरबाट संकलित रकम जुरे पहिरो पिडितले नपाउने भएका हुन् ।
मन्त्रिपरिषदको २०७९ असार ३१ गते बसेको बैठकले पहिरो पीडितहरुका लागि संकलित रकम फुकुवा गर्ने निर्णय गरिसकेको थियो । फेरि पछिल्लो बैठकले तर पिडितलाइ रकम नदिने निणर्य गरेको हो । मन्त्रिपरिषदले गरेको पछिल्लो निर्णयानुसार अब पीडितहरुलाई सीधै रकम पाउने छैनन् । पीडितहरुले छनोट गरेको सामुदायिक परियोजनामा मात्रै उक्त रकम खर्च गर्न पाइने निणर्य भएको छ ।
पिडितहरु आफूहरुको नाममा संकलित रकम पाउने आशमा खसी भएका थिए, तर अब गृहको निर्णपछि दुःखी भएका छन् । सत्ता गठबन्धन दलका नेताहरुबीच मन्त्रिपरिषदले रकम फुकुवा गरेपछि आआफ्नो पहलमा रकम फुकुवा गरेको ‘जस’ लिने होडबाजी नै थियो ।
गृहले जुरे पहिरो पीडितहरुको नाममा संकलित २ करोड २४ लाख ६६ हजार ६५७ रुपैयाँ फुकुवा गर्ने र उक्त रकम जुरे पहिरो पीडित समुदायले छनोट गरेको सामुदायिक विकास र पूर्वाधारका आयोजनामा लगानी गर्ने गरी परियोजना विकास गर्ने निर्णय गरेर पत्र पठाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको भनाइ छ । खनालले भने, “पीडितहरुले छनोट गरेको परियोजना जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहसँग समन्वयमा सञ्च
ालन गर्ने गरी कोषको रकम फुकुवा गरेको पत्र मन्त्रालयबाट प्राप्त भएको छ” । रकम फुकुवा गनर्
जिल्ला प्रशासन कार्यालयले गृहमा अनुरोध गरेपछि विभागीय मन्त्रीले जुरे पहिरो पीडितको सामुदायिक विकास र पूर्वाधार आयोजनामा लगानी गर्ने गरी फुकुवा गर्न दिएको निर्देशन पछि गृहले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

 4,633 total views,  2 views today

Related posts