प्रहरी चौकि भवन निमार्ण हुँदै


जनतापत्र, मेलम्चि ।
मेलम्ची वडा नं ४ को पिप्लेमा प्रहरीचौकि भवन निमार्ण हुने भएको छ । प्रहरी चौकी पिप्लेको लागी जग्गाको खोजी गर्ने क्रममा शनिबार सम्भाव्यता अध्ययन तथा निरीक्षण गरिएको हो ।
भवन निमार्णका लागि जग्गा व्यबस्थापनको कसरतमा नगरपालिक जुटेको छ ।
जनप्रतिनिधि,स्थानिय ,राजनैतिक दल र कर्मचारीको टोलिको साथमा बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षि राज्यमन्त्री ईन्द्रमाया गुरुङ, नगर प्रमुख आईतमान तामाङ, पुर्व उपप्रमुख भगवती नेपाल, ईन्जिनियर जित बहादुर कार्की, वातावरण अधिकृत सुजन दुलाल, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारी लगायतले स्थल छनौट गर्न निरिक्षण गरेका हुन् । सो भवन बनाउनको लागि बागमती प्रदेश सरकारले ५० लाख विनियोजन गरेको छ । जग्गा ब्यबस्थापन पछि छिटट्ै प्रक्रिया पुरा गरेर निमार्ण कार्य थालिने नगर प्रमुख तामाङले बताए ।

 2,912 total views,  2 views today

Related posts