संचालनमा आयो तातोपानी नाका, ८ वटा कन्टेर नेपाल भित्रिए


जनतापत्र, चौतारा ।
करिब दुई महिना देखि बन्द भएको तातोपानी नाका शनिबार सन्चालनमा आएको छ नर रोकिएको कन्टेनर नेपाल भित्र्याउनका लागि मात्र आएको हो । उत्तरी तातोपानी नाकाबाट बर्षेनी खर्बौको सामान आयात हुने गर्छ । कारोनाको महामारीले गर्दा केहि समय देखि चिनियाँ सरकार उक्त नाका बन्द गरेको थियो । नेपाली व्यापारीहरुको दसैं र तिहार लक्षित सामग्री चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका छन् । जसले गर्दा व्यापारी चिन्तीत मुद्रामा रहेको बेला चिनियाँ सरकारले लोड भएका कन्टेनर ल्याउनमात्रै शनिबारबाट सञ्चालनमा ल्याउन दिएको छ । दसैंलक्षित अनुमानित अझै सयभन्दा बढी लत्ताकपडा, जुत्ता चप्पलजस्ता सामग्री बोकेको कन्टेनर खासा, न्यालम र ल्हासामै रहेको ब्यवसायीले दुःखका साथ बताएका छन् । आयात रोकिँदा सबैलाई घाटानै घाटा भएको छ । बजारका सामान क्रेडिटमा रहेको र बैंकले पनि ऋण दिने छोडेकाले नाकामा काम गर्ने व्यापारी समस्यामा परेका छन् ।
“चिनियाँ सुरक्षाकर्मी र अधिकारीबाट अनौपचारिकरुपमा रोकिएका कन्टेनर पठाउनमात्रै नाका खोलिएको जानकारी आएको छ” । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले भने ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना कोभिड १९ नियन्त्रण गर्न लकडाउन चिने लकडाउन गरेको छ । त्यसपछि तातोपानी नाका फेरी बन्द भएको हो । शनिबार र आइतबार गरी ८ वटा कन्टेर तातोपानी नाका भित्रिएकोमा ५ वटामा लसुन, १
खुद्रा, २ वटामा स्याउ लगायतका फालफूलजन्य सामग्री लिएर नेपाल भित्रिएका छन् ।
यहाँ आइपुगेका कन्टेनरको आवश्यक भन्सार प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर राजधानी पठाउने प्रक्रिया धमाधम भइरहेको छ ।
उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघ, भन्सार कार्यालय र व्यवसायीले कन्टेनर भित्र्याउन दबाब दिदै आएका छन् भनि भन्सार कार्यालयले बताएको छ ।

 4,672 total views,  2 views today

Related posts