५१ सूचक पुरा गरि १३ नं वडा बालमैत्री वडा घोषित भयो


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा १२ वटा स्थानिय तहहरु रहेका छन् । यि १२ वटा स्थानिय तह मध्ये चौतारा साँगाचोकगढी नगरपालिका भित्रको वडा नम्बर १३ बुधबार ५८ बालदिवसको अवसरमा जिल्लाकै पहिलो बालमैत्री वडा घोषित हुन सफल भएको छ ।
सो बालमैत्री वडाको घोषणा र कार्यक्रमको उदघाटन चौतारा साँगाचोकगढि नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, बाल दिवसको सन्दर्भ पारेर गरिएको कार्यक्रम अत्यान्त उल्लास र सानदार रुपमा सफल भएका छ बाल दिवस घोषणाको लागि पुरा गर्नुपर्ने ५१ सूचक मध्ये एउटा सूचक अविभावकहरुको उल्लेख्य उपस्थितिले पुरा भएको बताए । उनका अनुसार विगतमा भएका विभिन्न खालका आन्दोलन तथा संघर्षले मुलुकमा परिवर्तन मात्र गरेको नभई मान्छेलाई जागरण समेत ल्याएको छ । त्यसैको फल स्वरुप अधिकार सम्पन्न स्थानीय तह बन्न सकेको उनले बताए । मानव अधिकार भित्र बालअधिकारको अन्योस्रित सम्बन्ध रहेका र बाल अधिकार मौलिक अधिकार भित्र पर्ने नजिर देखाउँदै सापकोटाले अब आउने चुनौतिहरुको सामाना गर्न पनि तयार हुनपर्ने बताए ।
कार्यक्रममा चौतारा साँगाचोकगढि नगरपालिकाकी उपमेयर सीता थापाको विषेश आतिथ्यता रहेको थियो । उनले पनि कार्यक्रममा बोल्दै भनिन् विकासका अरु सूचक जस्तै बालबालिकाको क्षेत्रमा गरिने क्रियाकलाप पनि महत्वपूर्ण पाटो रहेको छ । जिल्ला शिक्षा समन्वय ईकाई अधिकारी कृष्ण सुवेदी, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शिव बुढाथोकी, विभिन्न राजनैतिक दल संघसंस्थाका प्रतिनिधि लगाएतले कार्यक्रममा धन्यबाद सहित शुभकामना प्रदान गरे ।
वडाले बालमैत्री वडा घोषणा गर्न पूर्व ५१ वटा सूचक आवश्यक पर्छ । करिब ९० प्रतिशत भन्दा माथि ति सुचक पुरा गरिसकेको वडा अध्यक्ष रामप्रसादले कार्यक्रममा बताए ।
बालसंरक्षण समितिले बताएअनुसार २०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटनाहरू देखा नपरेको वडाको तथ्याङ्क छ । बालविबाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८÷०७९ मा कुनै पनि बालबिबाहको घटना भएको पुष्टि भएको छैन । बाल सञ्जाल तथा वडा
कार्यालयहरूमा रहेको तथ्याङ्कमा बालिबिबाहको घटना फेला नपरेको उल्लेख छ । जम्मा घरधुरी संख्या १ हजार २ सय ६९ रहेको उक्त वडामा ३ हजार ८ सय ८७ जनसंख्या मध्ये बालक ७६० र बालिका ७०० रहेको वडा तथ्याङ्का उल्लेख छ ।

 4,948 total views,  4 views today

Related posts