देशैभरका ११ र १२ कक्षाको पठनपाठन ठप्प


जनतापत्र, चौतारा ।

उच्च मा.वि.मा अध्यापन गर्ने शिक्षकहरुको संगठन हाई स्कुल टिचर एसोसियसन नेपाल (हिस्टुन)को आह्रानमा देशै भरिका ११÷१२ कक्षामा संन्चालन भएका विद्यालयहरुमा कक्षा ११ र १२ को पठनपाठन ठप्प भएको छ । यसै शिलसिलामा सिन्धुपाल्चोक जिल्लामा पनि शिक्षकहरुले केहि दिन यता बिभिन्न चरणमा आन्दोलन गर्दै आइरहेका छन् । बिहीबार जिल्लाको अधिकांश विद्यालयमा ११÷१२ को पठाइ हुन सकेन । नेपालको संविधानले कक्षा १२ सम्मको शिक्षा निशुल्क भने पनि विद्यालयहरुमा आवश्यक शिक्षक दरबन्दी कायम गरी लामो समय देखि अध्यापनरत व्यवस्थापन गर्न नसक्दा उनिहरु आन्दोलित बनेका छन् । देशभरमा ११÷१२ कक्षामा अध्यापनरत ६००० शिक्षकहरुलाई आवश्यक दरबन्दी कायम गरि उपयुक्त प्रक्रियाबाट स्थायी गर्ने र अन्य आवश्यक दरबन्दी सिर्जना गरि शिक्षक नियुक्त गर्न ऐनमा संसोधन होस् भन्ने माग शिक्षकहरुको रहेको छ ।

 4,646 total views,  4 views today

Related posts