नगदै राहत पाउनुपर्ने पहिरो पिडितको जोड


जनतापत्र, बलेफी ।
सिन्धुपाल्चोक प्राकृतिक बिपत्तिले पटक पटक क्षेतबित्क्षेद भएको जिल्ला हो । भुकम्प, बाढिपहिरो जस्ता प्राकृतिक बिपत्तिले सिन्धुपाल्चोकमा बेला बेला भस्काइरहन्छ । मिति असोज १, २०७१ सालमा पनि जिल्लाको बलेफी गाउँपालिकाको जुरेमा पहिरो जादाँ सयौँ मानिस बिस्थापित भएका थिए । सरकारले पहिरो पिडितको लागि दिने भनेको राहत स्वरुपको रकम आज सम्म पिडितको हातमा परेको छैन् । तेश्रो पटक असार ३१ गतेको मन्त्री परिषद बैठकले जुरे पहिरो पीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्ने स्विकृति दिने निर्णय गरेता पनि पाउने आशमा बसेका पहिरो पीडितहरु गृह मन्त्रालयको निर्णयपछि भएको झिनो आस पनि मारेर बसेका छन् ।
गृह मन्त्रालयले जुरे पहिरो पीडितहरुको नाममा संकलित २ करोड २४ लाख ६६ हजार ६५७ रुपैयाँ फुकुवा गर्ने र उक्त रकम जुरे पहिरो पीडित समुदायले छनोट गरेको सामुदायिक विकास र पूर्वाधारका आयोजनामा लगानी गर्ने गरी परियोजना विकास गर्ने निर्णय गरेर जिल्लामा पत्र पठाइसकेको छ । आफूहरुको नाममा संकलित रकम पाउने आशमा बसेका पीडितहरु भने सरकारको निर्णयपछि दुःखी भएका छन् ।
अब पीडितहरुलाई सीधै रकम वितरण गरिनेछैन भनि मन्त्रिपरिषदले नर्णय गरिसकेको छ । पीडितहरुले छनोट गरेको सामुदायिक परियोजनामा मात्रै उक्त रकम खर्च गर्न मिल्ने भएको छ । पीडितहरुले छनोट गरेको परियोजना जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित स्
थानीय तहसँग समन्वयमा सञ्चालन गर्ने गरी कोषको रकम फुकुवा भएको हो । पाहाडनै खसेर आएको पहिरोबाट घर खेत सहित सर्वस्व गुमाएका जुरे पहिरो पीडितहरु भुकम्प पिडित सरह पाएको अनुदान रकमले अरनिको राजमार्गको सडक किनारमा सरकारी जग्गामा बसिरहेका छन् । उनिहरुसंग आफ्नै नामको जग्गा समेत छैन । बलेफी गाँउपालिका अध्यक्ष गंगा तामाङका अनुसार पीडितको समस्या एकातिर छ तर गृह मन्त्रालयले अनुकुलता विपरीत निर्णय गरेर परिपत्र गर्दा समस्या देखिएको छ ।

 2,040 total views,  2 views today

Related posts