संविधान दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता


जनतापत्र ।

संविधान दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर बाल सञ्जालको आयोजनामा सोमबार माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगिताको लागि नगरपालिकाले सहयोग गरेको थियो भने रेस्ट नेपालले समन्वय गरेको हो । वत्तृत्वकलाको शिर्षक बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार उत्तरदायी सरकार रहेको थियो । २८ जनाको सहभागिता रहेको प्रतियोगितामा जालपादेवी मावि, बाहुनेपाटीकी मन्दिरा धिताल प्रथम सेतीकादेवी मावि, भोटेचौरकी रितिका कार्की द्धितिय, जलबाइदेवी मावि, केउरिनीका अनिश गिरी तितिय र इन्द्रेश्वरी मावि, मेलम्चीकी निशा दनुवार सान्तवना भएका हुन् ।

 1,954 total views,  2 views today

Related posts