लप्सी खेतीबाट किसानले लिन थाले मनग्य आम्दानी


जनतापत्र, चौतारा ।
नेपालमा मात्र पाइने एक मात्र फल लप्सीले सिन्धुपाल्चोकमा राम्रो भाउ पाएको छ । लप्सि बाट धेरै थरीका आइटमहरु बनाउन सकिन्छ । सिन्धुपाल्चोकमा यसको व्यवसाय मौलाउदै गइरहेको छ । विभिन्न तथ्यांङक अनुसार नेपालबाट बार्षिक २ करोडको लप्सि अन्य देशमा आयात हुने गरेको छ । देशका विभिन्न जिल्लाहरुमध्ये सिन्धुपाल्चोक पनि लप्सि आयात गर्ने एक प्रमुख जिल्ला हो । सिन्धुपाल्चोकका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन् ।
जिल्लाको २७० हेक्टर जमिनमा दुई हजार एक सय मेट्रिकटन लप्सीे उत्पादन हुने गरेको छ । उत्पादित लप्सीमध्ये छ लाख केजी जिल्लामा सञ्चालित उद्योगले नै प्रशोधन गरी विभिन्न किसिमका परिकार बनाउने गरेको छ । जिल्लाबाट प्रत्येक वर्ष रु दुई करोड ५२ लाखको लप्सी बाहिरिने गरेको छ ।
जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भइरहेको छ । सिन्धु विकास केन्द्र (सिडेक)का अध्यक्ष राजकुमार भण्डारीले बताए अनुसार यी उद्योग
ले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी पाउडर, मःम सुप, छोएला पाउँजस्ता वस्तु उत्पादन गर्दै छ । सिडेकका अनुसार जिल्लामा खपत हुन नसकेको लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा बिक्री वितरण गरिँदै आएको छ । विसं २०६५ देखि ईर्खुमा सिन्धु लप्सी उद्योग सञ्चालन गरिरहनुभएका जीतबहादुर गिरीले वार्षिक रु तीन लाखको कारोबार गर्दै आएको बताउनुभएको छ । थोरै लगानीमा पनि सञ्चालन गर्न सकिने यो व्यवसायमा लागेपछि आर्थिक अवस्थामा सुधार आएको र यो व्यवसायबाट सन्तुष्टि मिलेको उनको भनाइ छ ।
ठूलो सिरुवारीको सिन्धु लप्सी तथा अदुवा प्रशोधन केन्द्रले वार्षिक आँठदेखि रु १० लाख बराबरको लप्सीजन्य परिकार उत्पादन गर्दै आइरहेको केन्द्रका सहयोगी देवीप्रसाद दुलाल बताए ।

 4,861 total views,  17 views today

Related posts