स्वावलम्बन लघुवित्त वितिय संस्था उपशाखा कार्यालय दोलालघाटको केन्द्र प्रमूख गोष्ठी

जनतापत्र ।

स्वावलम्बन लघुवित्त वितिय संस्था उपशाखा कार्यालय दोलालघाटले वार्षिक केन्द्र प्रमूख गोष्ठी संचालन गरेको छ ।
उपशाखा कार्यालय दोलालघाटल भदौं २९ गते यस संस्थाका नायव महाप्रन्धक श्री गोविन्द चापागाईको प्रमूख आतिथ्यमा केन्द्र नं ३० की केन्द्रप्रमूख कालिका खरेलको अध्यक्षतामा होटल दोलालघाट इनमा सो गोष्ठी सम्पन्न भएको हो ।
सो कार्यक्रममा जनप्रतिनिधि वुद्धिजिवि तथा केन्द्रका प्रमूख उपप्रमूख गरी ८० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा के .न. ६८ की सदस्य निर्मला पहरीको श्रीमानको मृत्यु वाफत रु १२००००। केन्द्र न. ४५ की सदस्य रोजी तामाङको वाढीले घर क्षतिभए वापत र ५०००। सुविधा प्रदान गरिएको थियो ।
यसैगरि यस उपशाखाको र्वािर्षक केन्द्र मूल्याङकन अन्र्तगत प्रथम, द्धितिय र तृतिय हुने केन्द्रहरुलाइ क्रमश रु ५०००। ,४०००। र ३०००। नगद सहित प्रमाण पत्र संस्थाका नायब महाप्रन्धक गोविन्द चापागाईको हातबाट प्रदान गरिएको थियो ।
गोष्ठीकोको बारेमा विभिन्न केन्द्रका प्रमूख तथा उपप्रमूखहरुको प्रत्यक्ष संलग्नतामा दिनभर छलफल तथा विविध विषयमा इलाका गठ्ठाघरबाट उपस्थित प्रबन्धक गणेश कुमार श्रेष्ठ उपशाखा कार्यालाय दोलालघाटका कार्यालय प्रमूख उर्मिला कार्की लगाएत कर्मचारीहरुले प्रकाश पार्नु भएको थियो । यसै गरी नायव महाप्रन्धक गोविन्द चापागाइले मन्तब्य राख्दै संस्था तथा गोष्ठीको औचित्य माथि थप प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा अतिथिको रुपमा दुलालेश्वर माध्यमिक विद्यालय दोलालघाटका प्रधानअध्यापक अशोक कुमार झा , प्रहरी चौकी दोलालघाटका प्रहरी सहायक निरीक्षक महेश्वर दुलाल र प्रहरी सहायक निरीक्षक नारायण खड्का सेन्चुरी कर्मशियल बैंकका शाखा प्रवन्धक इश्वर रानाभाट, संस्थाको केन्द्रीय कार्यालयबाट नायव विभागीय प्रवन्धक मणिराज खड्का इलाका कार्यालय गठ्ठाघरबाट प्रवन्धक गणेश कुमार श्रेष्ठ लगाएत जनप्रतिििनधि हरुलाइ अतिथिको रुपमा सम्मान गरिएको थियो ।

 5,784 total views,  4 views today

Related posts