नगरपालिका जनप्रतिनिधि प्रतेक विद्यालयमा पुग्न थाले


जनतापत्र, चौतारा ।
भनिन्छ विद्यालय एउटा मन्दिर हो , यहाँ सयौँ विद्यार्थि आउछन् , ज्ञान लिन्छन् । यस्तो पबित्र ठाउँमा पछिल्लो समय निकै समस्याहरुले ग्रसित हुन पुगेको छ । विद्यालयमा हुने विभिन्न प्रकारका समस्याहरुको निरिक्षण र यसको निरुपणको लागि सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढि नगरपालिकाले विभिन्न वडा मा गएर अनुगमन गर्न थालेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा शिक्षा शाखाका कर्मचारी सहित जनप्रतिनिधि स्कुल–स्कुलमा पगेर स्कुलको अवस्थाको बारेमा जानकारी लिन थालेका हुन् । बुधबार सो अनुगमन टोली चौतारा साँगाचोकगढि वडा नम्बर १ मा रहेको रक्त कालिका निम्न माध्यामिक विद्यालयमा पुगेको थियो । अनुगमन टोलीका अनुसार त्यहाँ प्रधानध्यापक राजेन्द्र खत्रीले बताएको कुरा के हो भने “हामि कहाँ त गरिवहरुका छोरा छोरी मात्र आउछन् । पैसा कमाउने अभिभावकले कि सदरमुकाम कि काठमाडौ लगेर बच्चा पढाउछन । भर्ना भएका विद्यार्थी पनि नियमित विद्यालय आउँदैनन् । ” यस विषयमा अनुगमनको क्रममा रहेकी उप प्रमुख सिता थापाले “ कसरी शिक्षालाई उपलव्धी मुलक वनाउन सकिन्छ भनेर खोजी अनुसन्धान गर्नकै लागि हामि आएका हौ । ” भनि बताइन् ।
उक्त अनुगमन टोली वडा नम्बर १ मा रहेको बाङ्बा भैरवी आधारभुत विद्यालयमा पुगेको थियो । कक्षाकोठासम्म पुगेर पढाइबारे विद्यार्थीसँग अन्तरक्रिया ,विद्यार्थी र शिक्षकको उपस्थित भए÷नभएको हाजिरी जाँच गरियो । अनुगमनका क्रममा प्रधानध्यापक राम कुमार खत्रीले सरकारी कार्यक्रम मा.वि विद्यालय केन्द्रित हुदा जग नै बलियो बनाउनुपर्ने प्राथमिक विद्यालय आर्थिक अभावको चपेटामा पर्ने बताए । सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न अहिले चौतारा साँगाचोकगढी नगरपालिकाले उपप्रमुखको नेतृत्वमा प्रत्यक सामुदायिक विद्या
लयमा पुगेर शिक्षक विद्यार्थीसँग अन्तरक्रिया गर्न थालेको छ ।
जानकारी विनै मेयर, उपमेयर सहित नगरपालिकाको टीम विद्यालयमा पुग्ने गरेको छ । नगरपालिकाको टीमले कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षणसमेत गर्ने गरेको छ । विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने भएकाले नगर भित्रका ८० वटै विद्यालयमा पुगेर अन्तरक्रिया भैरहेको उपप्रमुख सिता थापाले बताइन् ।

नगर शिक्षा शाखाका विद्यालय निरीक्षक गोपाल खड्क
ाका अनुुसार, विद्यालयको शैक्षिक अवस्था ,फर्निचर , खातापाता, लाइब्रेरी, दैनिक कार्यतालिका ,कार्यविभाजन देखि विद्यार्थीको शैक्षिक उपलब्धीको मुल्याङ्कन लगायतका समग्र अवस्थाको बारेमा जानकारी लिने गरेको छ । उनका अनुसार निरीक्षण सकेपछि विद्यालयको अवस्था समेटेर शैक्षिक सुधार गर्न नयाँ योजना र सुझाव समेत शिक्षा शाखाले सम्बन्धीत विद्यालयलाई दिने गरेको छ ।

 4,513 total views,  2 views today

Related posts