आकर्षक र पर्यटकको गन्तव्य बन्दै हेलम्बुको ककनी


जनतापत्र, हेलम्बु ।

पछिल्लो समयमा सिन्धुपाल्चोकका युवाहरु व्यवसाय तिर आकर्षित हुन थालेका छन् । जिल्लाको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवाहरु मिलेर नयाँ कामको थालनी गरेका छन् । उनिहरुले सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका हुन्
पाल्चोक ककनी पर्यटकको रोजाइमा पर्छ । सो ठाउँ अहिले झनै आकर्षक र पर्यटकको गन्तव्य बन्दै गएको हो । यस्ता संरचना सो ठाउँमा धेरै छन् । बिषेश गरि किसानलाई कृषिसँगै पर्यटकसँग जोड्न सो संरचना बनेको हो । हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक प्रताप लामा भन्छन् ककनी भनेर आउने पर्यटकलाई गाउँकै स्थानीय उत्पादन खुवाएर कृषि पर्यटनको प्रवद्र्धन गर्ने योजनाबाट सुरु गरिएको हो । उनले हालको समयमा आएर करिब पाँच सय रोपनी जग्गामा किबी, सिताके च्याउ, भैँसीपालन तथा अन्य खेती गरेका छन् । लामाले बताएअनुसार किबीले अब केही समयमा उत्पादन दिने, च्याउ, गोलभेडा, आलु, मूलालगायत अन्य तरकारी भने उत्पादन भइरहेका छन् ।

उत्पादन त भएको छ तर ककनीसम्म पुग्ने राम्रो सडक भने छैन् जसले गर्दा उत्पादित वस्तुलाई बजार लैजान कठिन अवस्था रहेको छ । लामाले किबी, आलु, गोलभेडा, साग, च्याउ उत्पादन हुने ककनीमा सडकको सहज पहुँच हुने हो भने काम गर्न सजिलो हुने बताए । मलको दुःखले गाईभैँसी पनि पाल्न थालिएको र यस भेगका प्रायः सबै नागरिक कृषि पेशामै आत्मनिर्भर भएको हुनले बताए । तर किसानमा प्राविधिक ज्ञान भने छैन् । उपयुक्त ज्ञान नहुँदा कतिपय स्थानमा किसानले गरेको लगानी खेर जाने गरेको छ ।
हेलम्बुको ककनी भने किबी खेतीका लागि उपयुक्त हुने स्थान हो । त्यहाँबाट उत्प
ादित तरकारी, दूधलगायत नजिकै रहेका विद्यालयको छात्राबास र गाउँमा पनि खपत हुने गरेको छ । यस्तै किसिमका खेति आप्mनै गाउँमा आधुनिक तरिका अप्नाएर गर्ने हो भने साच्चिकै कुनै पनि युवा विदेश जानु पर्दैन । यसको लागि स्थानिय सरकारले पनि महत्वपुर्ण भुमिका खेल्न जरुरी छ ।

 7,032 total views,  32 views today

Related posts