विद्यार्थीले ४५% छुट पाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकको सिडियो समक्ष पुनः ध्यानकर्षण


जनतापत्र, चौतारा ।
चाडवाड नजिकिदै गर्दा गाडिवालाहरुले मनपरि रुपमा यात्रुहरुसगँ भाडा असुलिरहेका छन् । यसै बिषयमा सार्बजनिक यातायातमा विद्यार्थीले पाउनुपर्ने भाडा छुट तथा शौलियतको विषयमा अनेरास्ववियु सिन्धुपाल्चोकले अनेरास्ववियु सिन्धुपाल्चोक पुर्ब अध्यक्ष एबम बलेफी गाउपालिका निवर्तमान अध्यक्ष अरनिको यातायात प्रा.लि का अध्यक्ष केदार छेत्री समक्ष ज्ञापन पत्र पेश गरेको थियो । सार्बजनिक यातायातमा विद्यार्थीले ४५% छुट पाउने ब्यबस्था हुदाहुदै पनि कार्यान्वयन पक्ष फितलो भैरहेकोमा अनेरास्ववियु ज्ञापन पत्र बुझाएका हो । विद्यार्थी भाडामा ४५% छुटको ब्यबस्था नभए अनेरास्ववियु सिन्धुपाल्चोक कडा प्रतिकारमा उत्रने ब्यहोरा समेत अनेरास्ववियु सिन्धुपाल्चोकले गराएको थियो ।
तर विद्यार्थीले सार्बजनिक यातायातमा विद्यार्थी भ
ाडा छुट ४५% पाउनुपर्नेमा यातायात समिती तथा यातायात प्रा.लि हरुले छुट दिन अटेर गरिहेको भन्दै बिहीबार सि
न्धुपाल्चोक अनेरास्ववियुको तर्फबाट जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकको सिडियो समक्ष पुनः ध्यानकर्षण गराइएको छ । विद्यार्थी भाडा छुट तथा दशैको बेलामा यातायात ब्यबसायी हरुले धेरै यात्रु बोक्ने, सवारी साधन मापदण्ड पूरा नगरी सन्चालित सवारी साधनको मापदण्ड पूरा गराउन ,सवारी साधनको चेकजाचलाई ब्यबस्थित बनाउन तथा दशैको बेला हुने सबै प्रकारको अपराधीक क्रियाकलाप लाई नियन्त्रण गरियोस जस्ता माग राखी ध्यानाकर्षण पत्र बुझाइएको हो ।

 11,240 total views,  2 views today

Related posts