खानेपानी सिचाँइको अवलोकन


जनतापत्र ।

सिन्धुपाल्चोकको लिसंखुपखरमा खानेपानी सिचाँइको अवलोकन गरिएको छ । गाँउपालीकाको वडा नम्बर दुईमा रहेका खानेपानी सिचाँइ को शनिबार अवलोकन कार्य सम्पन्न गरिएको हो ।
पालिकाको वडा नम्बर दुई का वडा अध्यक्ष विजय योञ्जन लगायतको टोलीले निर्माणाधीन च्याउजि बेशि खानेपानी सिचाँइ अवलोकन गरेका हुन् । वडाको बिकास निर्माणमा आफू सदैव अग्रपंक्तिमा लागि रहेको अनुगमनका क्रममा अध्यक्ष योञ्जनले बताए । कृषि को लागि मात्रै नभएर हरेक क्षेत्रलाई बिकास गरि लिसंखु पाखर गाँउपालिका वडा नम्बर दुईलाई नमुना वडा बनाउने आफ्नो सपना र लक्ष रहेको योञ्जनको भनाई थियो ।

 1,931 total views,  2 views today

Related posts