पाँचपोखरीमा एमालेलाई भब्य स्वागत


जनतापत्र ।

निर्वाचन दिनानुदिन गरेर नजिकिदै छ । नेता तथा कार्यकर्ताको साथमा उम्मेद
वारहरु भोट माग्दै उम्मदवारको घरघरमा पुगिरहेको बेलो नेकपा एमालेका उम्मेदवारलाई पाँचपोखरीका स्थानियले भब्य स्वागत गरेका छन् । सिन्धुपाल्चोको पाँचपोखरी गाउँपालिकामा मंसिर ४ को चुनावलाई लक्षित गर्दै घरदैलो अभियानमा पुगेका नेकपा एमालेका उम्मेदवारलाई स्वागत गरेका छन् । उम्मेवारलाई स्थानीयले खादा र फुलमाला लगाएर भव्य स्वागत गरेका हुन ।
यो गाउँ सिन्धुपाल्चोक क्षेत्र नं २ मा पर्दछ । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा शेर बहादुर तामाङ , प्रदेशसभा “क” मा अमान सिं तामाङ र प्रदेशसभा “ख” मा हस्त पण्डित उम्मेदवार रहेका छन् । चुनावी प्रचारप्रसारका लागि तामाङ र पण्डित सहित समानुपातिक उम्मेदवार देबेन्द्र खत्री मङ्गलबार देखि पालिका प्रवेशद्वार खाल्डे खोला,लागार्चे, भोटेनाम्लाङ हुँदै गुन्सा, थाङ्पालकोटमा मतदाता भेटघाट गर्न पुगेका छन् । अभियानलाई निरन्तरता दिदै भोताङ र बरुवामा पनि पुग्नेछ ।

थाङपालका स्थानिय बुढापाका भन्छन् सामाजिक सुरक्षा भत्ता दिने भएकोले एमालेका उम्मेदवारलाई नै चुन्न चाहान्छु । अरु पार्टीका उम्मेदवार नयाँ भन्दै नेकपा एमालेका उम्मेदवार जनता सङ्ग परिचित भएकोले जिताउनु पर्ने युवाहरुले बताए । अर्का एक स्थानिय उम्मेदवारसँग गुनासो पोख्दै भन्छन् भोट माग्ने समयमा मात्र नभई अरु बेला पनि जनताको घर दैलोमा आउनु पर्छ ।
घरदैलोमा पुग्नुभएका प्रदेश सभा “ख” को उम्मेदवार हस्त पण्डितले पाँचपोखरीको विकास र समृद्धिको लागि एमाले पार्टी नै खाँचो रहेको जिकिर गर्नुभयो । मत माग्दै निर्वाचित भएपछि यो क्षेत्रको विकासमा खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका एमालेको बलियो क्षेत्र भएको गत स्थानिय मत परिणामले देखाउछ ।
मतदाताहरुसंगको भेटमा शेर बहादुर तामाङले सुखि नेपाली समृद्ध नेपाल बनाउने सपनालाई साकार बनाउन एमालेलाई जिताउन आग्रह गर्नुभयो । यसअघि तामाङले २०७४ को निर्वाचनमा जितनुभएको थियो । उहाँ संघिय कानुनमन्त्रि समेत बन्न पाउनुभएको थियो । तामाङ यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भएर मत माग्न दोस्रो पटक उभिनुभएको हो । त्यसैले होला पुराना मतदाताले तामाङले प्रतिबद्धता गरेका कुरा पुरा नगरेको दुखेसो पनि पोख्ने गर्छन् ।

 4,904 total views,  18 views today

Related posts