
जनतापत्र, चौतारा ।
क्रिया बसेका चार दाजुभाईले मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ ,पुर्ण प्रसाद श्रेष्ठ र उनिहरुका श्रीमतीसहितले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा को कालिकादेवि मा.वि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
उनिहरु प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई मतदान गरेका हुन् । उनीहरु आमाको मृत्यको कारण तिन दिनदेखि क्रिया बसिरहेका थिए । ,‘दुखको घडिमा पनि स्पष्ट भिजन मिसन भएको नेतृत्व जिताउँन मतदान गर्न आएको हो मतदानको अनुभव सुनाउँदै कमल श्रेष्ठले बताए । यस्तै चुर्ण प्रसाद श्रेष्ठले आमा वितेको बेला पनि राज्य चलाउन आफ्नो मतको महत्व बुझेर आफु मदतानमा सहभागी भएको जानकारी दिए ।
उनिहरुले आफ्नो मतले आगमी पाचँ वर्षका लागि देशक
ो भविष्य निर्धारण गर्ने बताएका छन् । मतदान भनेको यो युगको जिम्मेवारी भएकोले मतदान गरेर उत्साहित भएको उनिहरुको भनाई थियो ।
उनिहरुको लागि परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण मिलाइएको थियो । सिन्धुपाल्चोकको एक सय ४५ मतदानस्थलहरुमा ३ सय २० मतदान केन्द्रमै उत्साहजनक रूपमा बिहान ७ बजेदेखिनै मतदानकार्य सम्पन्न भएको छ ।
3,788 total views, 2 views today