सिन्धुमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरु बिजयी


जनतापत्र, चौतारा ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मंसिर ४ गते सकिएको छ । सिन्धुपाल्चोक जिल्लामा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरु बिजयी भएका छन् । क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका माधब सापकोटा (सुबोध) निर्वाचित भएका छन् । सुबोधको प्रतिद्धवन्द्धि एमालेका सरेश नेपाल थिए । नेपाललाई ३ हजार ३५६ मतले पछि पार्दै उनि निर्वाचित भएका छन् । उनले ३० हजार ३७४ मत प्राप्त गर्दा सरेश नेपालले भने २७ हजार १८ मत पाएका छन् । त्यस्तै राप्रपाका नारायण पाण्डेले १ हजार ६४७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ३ हजार ४९८ मत पाउन सफल भएका छन् ।
त्यस्तै सिन्धुपाल्चोक क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा सरल सहयात्री पौडेल विजयी भएका छन् । उनि गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन् । पौडेलले १७ हजार २५६ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी एमालेका होम नारायण श्रेष्ठले ४ हजार २४३ मत ल्याएका छन् । सरल बाग्मती प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । श्रेष्ठले १३ हजार १३ मत ल्याएर पराजित भए ।
बागमति प्रदेशका पूर्व सामाजिक विकास मन्त्रि युवराज दुलाल (शरद) पनि विजयी भएका छन् । उनले २० हजार ९ सय ६ मत पाउँदा उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार अमान सिं तामाङले भने १२ हजार १ सय ३९ मत ल्याएका छन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका शरदले दोस्रो पटक प्रदेशसभामा विजयी भएका हुन । तामाङ विसं २०७४ को निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएका हुन् । दुलाल र तामाङ तत्कालिन समयमा एउटै पार्टी माओवादी केन्द्रमा आवद्ध थिए । तर तामाङ दुई महिना अघि मात्र माओवादी त्याग गरेर एमाले प्रवेश भएका थिए ।

 1,350 total views,  4 views today

Related posts