दुई उद्यमी सम्मानित

जनतापत्र, चौतारा ।
उद्योग दिवसको अवसरमा दुई उद्यमी सम्मानित भएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की उद्यमी ङ्याउरीमाया घले र वडा न ८ का जीतवहादुर गिरी आठौं उद्योग दिवसको उत्कृष्ट उद्यमीको रुपमा सम्मानित भए ।

उद्यमीद्वयलाई प्रमुख अथिति एवम् चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले सम्मानपत्र र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनात काफ्लेले दोसल्ला ओढाई घरेलु तथा साना उद्योग विकास कार्यालय, सिन्धुपाल्चोकले आयोजना गरेको एक समारो
हमा सम्मान प्रकट गरेका हुन् ।
समुदायमा उत्पादन र उद्योगलाई प्राथमिकतामा नजोडिकन गरिएका विकास निर्माण अपूर्ण हुने कार्यक्रमवलाई सम्बोधन गदै प्रमुख अथिति श्रेष्ठले जनाएका हुन् । उद्योगधन्धाका लागि उचित वातावरणको सिर्जना विना समृद्धी नेपालको सपना साकार नहुने नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले जनाए । ङ्याउरी माया घले र जीतवहादुर गिरीले आफ्ना अनुभव साझा गरे ।

 4,734 total views,  4 views today

Related posts