मेलम्चीको पानी सुरुङमा पठाइयो


जनतापत्र, मेलम्ची ।

पाँच महिनापछि मेलम्चीको पानी सुरुङमा हालिएको छ ।
वर्षाको कारणले प्रवेशमार्गमा क्षति पुगेको थियो । सो कामको पुन निमार्ण पछि मेलम्ची खानेपानी मुहानबाट सुरुङमा पानी पठाएको छ हो । मेलम्ची खानेपानि विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको सो कार्य गरिएको हो ।

असारदेखि सुरुङ बन्द रहेको थियो । हालको समयमा सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको हो । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तको जानकारी अनुसार, पानी काठमाडौँस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने छ ।
एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि उनको भनाइ रहेको छ ।
आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गर्नेछ । सुरुङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी राजधानीस्थित ग्राहकलाई वितरण गरिने छ । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल
निर्माण गरिरहेको छ ।

हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका हुन् । वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति पुगेको थियो सो कारण गत असारदेखि मेलम्चीको पानी बन्द रहेको अवस्थामा छ ।

 2,104 total views,  26 views today

Related posts