१६७ मत ल्याएर सभामुखमा देवराज घिमिरे निर्वाचित


जनतापत्र ।
एमालेका सांसद देवराज घिमिरे सत्ता गठबन्धनबाट सभामुखमा चयन भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा पराजित गरेर उनी निर्वाचीत भएका हुन् ।
न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला हँुदा घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए ।
चुनावमा घिमिरेको पक्षमा १६७ मत परेको थियो । घिमिरेको विपक्षमा १०० मत प¥यो । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका हुन् ।

 10,157 total views,  4 views today

Related posts