इन्द्रावतीमा निशुल्क मोतिविन्दु शिविर


जनतापत्र, इन्द्रावति ।
निशुल्क मोतिविन्दु शिविरबाट सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा ३९ जनाले सेवा लिएका छन् । इन्द्रावती गाउँपालिका, मण्डन देउपुर नगरपालिका,रेडक्रस सोसाइटि र तिलगंगा आखा प्रतिष्ठानको आयोजनामा निशुल्क आँखा शिविर भएको थियो । सेवा लिनेमा इन्द्रावती गाउँपालिकाको २१ जना रहेका छन् । २ हजार रुपैयाँ पोषण भत्ता र न्यानो कम्मल वितरण समेत शिविर पश्चात इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले प्रदान गरेका छन् । अध्यक्ष नेपालले चुनावका बेला गरेका प्रतिवद्धता क्रमिक रुपमा पुरा गर्दै गरेको बताएका छन् । जेष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार सेवा प्रभावकारी उनको भनाइ रहेको छ । पालिकाले जेष्ठ नागरिक तथा दिर्घ रोगिहरुलाई निशुल्क औषधी उपलब्ध गराएको उनले बताए ।

 406 total views,  4 views today

Related posts