बाल विकास सहजकर्ताहरुलाई मण्टेश्वरी तालिम


जनतापत्र, सुनकोशी ।
बाल विकास सहजकर्ताहरुलाई मण्टेश्वरी तालिम प्रदान गरिने भएको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा सो तालिम सञ्चालन गरिने भएको हो । बाल विकास कक्षाहरुलाई मन्टेश्वरी प्रणालीमार्फत सञ्चालन गरिने भएको हो । ६ दिन सम्म े बाल विकासमा कार्यरत सहजकर्ताहरुलाईसो तालिम प्रदान गरिन्छ ।
विद्यालयमा रहेका वाल विकास र समुदायमा आधारित वाल विकासमा कार्यरत ३५ जना सहजकर्ताहरु मण्टेश्वरी तालिममा सहभागी छन् ।
प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार, गाउँपालिकाले पहिलो पटक बाल विकासका सहजकर्ताहरुलाई मण्टेश्वरी तालिम दिइएको हो ।
गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै विद्यालय र समुदायमा सञ्चालित बाल विकास केन्द्रहरुमा मण्टेश्वरी प्रणालीमार्फत पठनपाठनको व्यवस्था गर्ने गरी बजेट व्यवस्थापन गरेको दुलालले बताए । गाउँपालिकाको शिक्षा शाखामार्फत सञ्चालित तालिम प्रभावकारी भएको सहजकर्ताहरुले बताए ।
आगामी वर्षदेखि मण्टेश्वरी आधारित भएर सबै सामुदायिक विद्यालयहरुमा सञ्चालित बाल विकास लाई प्रभावकारी रुपमा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए ।

 230 total views,  2 views today

Related posts