
जनतापत्र, इन्द्रावति ।
पोषण पाठशाल समापन दिवस इन्द्रावती नमुना पोषण पाठशाला समुहद्धारा मनाइएको छ। सो कार्यक्रम इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्य भएको हो । कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ को विशेष आतिथ्य रहेको थियो भने कार्यक्रममा पोषण पाठशाला गैरीगाउ समुहका अध्यक्ष शान्तामाया गोलेको अध्यक्षता रहेको थियो ।
पोषण कार्यक्रममा २०७७ मङ्सिर २७ गते देखि सुरु भएको कार्यक्रममले बालबालिका मा देखिएको कुपोषण हटाउन कार्यक्रम ले सहयोग गरेको छ । सुनौलो हजारदिने आमा,गर्भवती ,सुत्केरी गरि २८ जना महिलाहरुको सहभागीतामा कार्यक्रम भएको हो ।
कार्यक्रमले यसै वडा को २ जना बालबालिका मा भएको कुपोषण हुन बाट वन्चित गर्दै स्वास्थ्य भएका छन। पाठशाला मा सहभागी भएका २ जना महिला का बालबालिका अविगेल तामाङ र सुपृम नेपाली मा देखा परेको कुपोषण लाई हटाउदै पोषित बनाएको छ।यस कार्यक्रम ले स्थानीय स्तरमै उपलब्ध खानेकुरा लाई प्राथमिकता साथ स्वास्थ्य लाई स्वास्थ बनाउन उजागर गरेको छ।
909 total views, 2 views today