भ्रष्टाचारको जालोलाई तोड्ने अध्यक्ष नेपालको दाबी


जनतापत्र, इन्द्रावति ।
मुलकको परिवर्तन शिक्षाविना सम्भव नभएको भनी इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले दाबी गरेका छन् ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ४ पाडामरुवा स्थित जलेश्वर आधारभुत विद्यालयको ६९ औं बार्षिक उत्सवका अवसरमा नेपालले विद्यालयको भौतीक गुणस्तर सँगसँगै पठनपाठनमा पनि गुणस्तर कायम गर्नु पने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक क्षेत्रको विकासका लागि स्रोत,दक्ष जनशक्ती, कानुन र कार्यविधीको आवश्यक पर्ने भएकाले गाउँपालिकाले आवश्यकताको आधारमा कामलाई प्राथमीकता दिएको जानकारी दिए । प्रत्यक कमर्
चारीलाई उचित तालिमको व्यबस्था गरी दक्ष ब
नाउने भन्दै अध्यक्ष नेपालले शिक्षण प्रणालीलाई आधुनिक र प्रविधिमुलक बनाउने उद्धेश्यले पालिकाले विद्यालय लगायत सम्पुणृ गाउँपालिका मातहतका कार्यालयको कम्प्युटर प्रिन्टर लगायतका सामाग्री पालिका आफैंले बनाइदिएको जनाए । भ्रष्टाचार नगर्ने बताउँदै भ्रष्टाचारको जालोलाई तोड्ने प्रतिबद्धता समेत नेपालले जाहेर गरे ।

 538 total views,  2 views today

Related posts