अब छिटो भन्दा छिटो तातोपानी नाका खुल्दै


जनतापत्र, तातोपानी ।
अब छिटो भन्दा छिटो तातोपानी नाका खुल्ने भएको छ । क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले यस्तो बताएका हुन् ।
तातोपानी नाका रहेको भोटेकोसी गाउँपालिमा विहिबार भएको सो बिषयमा छलफल भएको थियो ।
माओवादी केन्द्रको पोलिव्युरो सदस्य समेत रहेका सापकोटाले नाका पूर्बवत सञ्चालनका लागि गरिएको अब छिटै तातोपानी नाका खुल्ने बताएका हुन् ।
छलफलका क्रममा बोल्दै सापकोटाले नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङ्गसँगको सम्वाद सुनाका थिए ।
माघ २० गते जुगल गाउँपालिकाको रत्नराज्य मावि चनौटेको भवन हस्तान्तरण कार्यक्रम सुरु हुनु अघि राजदूतसँग सांसद सापकोटा र प्रदेश सांसदहरुले छलफल गरेका थिए । सो छलफलमा राजदूत चेन सङ्गले नाकाबारे छिट्टै ‘गुड न्युज’ (सुखद समाचार) सुन्न पाउ

ने सुनाएको सांसद सापकोटाले भोटेकोसीमा जानकारी गराए ।
उनले सबै सिजनमा सडक सुचारु गर्नका लागि पनि पहल भइरहेको जानकारी दिए । सांसद सापकोटाले संगै तातोपानी क्षेत्रको भ्रमणका लागि गरेको आग्रहमा राजदूत चेन सङ्गले सहमती जनाएका छन् ।

 3,574 total views,  2 views today

Related posts