नगरपालिकाको शिक्षालाई ब्यबस्थित गर्न बनेको शिक्षा ऐन को तेस्रो संशोधन सर्वसम्बत पारित


जनतापत्र, मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको १३ औं नगरसभा सकिएको छ । नगर प्रमुख तामाङले नगरसभामा प्रतिवेदन पेश गरेका थिए । तामाङले प्रस्तुत गरेको प्रतिवेदनमा भवन, योजना तथा पूर्वाधार निर्माण तर्फ चालु आर्थिक बर्षको पौष मसान्तसम्म २५ प्रतिशत योजना निर्माणका कार्यहरु सकिएको छ । पूँजीगत खर्च तर्फ १४.७५ प्रतिशत वित्तिय प्रगति हाँसिल गरिएको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । नगरपालिकाको शिक्षालाई ब्यबस्थित गर्न बनेको शिक्षा ऐन २०७५को तेस्रो संशोधन सर्वसम्बत नगरसभाले पारित गरेको हो । नगर प्रमुख आइतमान तामाङले त्यस्तै नगरसभाले विभिन्न विषयगत समितिहरुले चालु आर्थिक बर्षको हालसम्म गरेको कार्यहरुको प्रगती विवरण सभामा छल
फल भइ पारित भएको बताए । तामाङले त्यस्तै आर्थिक ऐन समेत संशेधन सहित पारित गरेको बताए । १ अर्व ६८ करोड बराबरको विनियोजित बजेटमा संशोधन नगरपालिकाले पारित गरेको हो ।
प्रतिवेदनमा सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको र बाँकि ६ वटा वडामा क्रमश गरिने, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी मार्फत सेवाग्राहीहरुको गुनासो, उजुरीका सम्बन्धमा तत्काल सुनुवाई हुने व्यवस्था मिलाइएको छ ।

 3,256 total views,  4 views today

Related posts