सववहान प्रयोग गर्ने परिवारलाई ३ हजार दिने


जनतापत्र, चौतारा ।
सववहानको प्रयोग गरेमा मृतकको परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका वडा न १२ ले रु ३ हजार प्रदान गर्ने भएको छ ।
वडाको हालै बसेको बैठकले सो वडाभित्रका कसैको मृत्यु भएमा लाश सदगतका लागि सववहान प्रयोग उक्त रकम परिवारलाई दिने भएको हो ।
वडा कार्यालयमा मृत्यु दर्ता गर्न आउने क्रममा सववहान प्रयोग गरेको वील उपलव्ध गराइएमा मृतक परिवारलाई उक्त रकम उपलव्ध गराइने वडा अध्यक्ष दीपेन्द्र नेपालले बताए ।

 5,962 total views,  2 views today

Related posts