अज्ञात समुहद्धारा सहकारी संस्था र स्वास्थ्य चौकीमा तोडफोड


जनतापत्र, सुनकोशी ।
महिला मातृशिशु बचत तथा ऋण सहकारी संस्था र पाङ्ग्रेटार स्वास्थ्य चौकीमा तोडफोड भएको छ ।
सुनकोशी गाउँ पालिका वडा नं.७ मा रहेको उक्तसहकारी संस्था लि.र पाङ्ग्रेटार स्वास्थ्य चौकीमा फागुन १८ गते राति कार्यालयको ढोका फोडेर तोडफोड भएको हो ।
कार्यालय भित्र रहेको दराज, टेवल, कुर्सी, कम्प्युटर, ईलेक्ट्रोनिक हाजिरि,बत्ती,टेलिफोन र कागजातहरू तोडफोड गरिएको सकुन्तला माझीले बताउनु भयो । तर हाल सम्म कसले तोडफोड गरेको हो भन्ने पत्ता लागिसकेको छैन् । छानबिन गरि दोषि पत्ता लगाएर दोषिलाई कानुनी दायरा भित्र ल्याई कडा भन्दा कडा सजाय दिन सुरक्षा निकायमा महिला मातृशिशु बचत तथा ऋण सहकारी संस्था र पाङ्ग्रेटार स्वास्थ्य चौकीले माग गरेको छ ।

 1,339 total views,  2 views today

Related posts