मेडिकल क्याम्पसका विद्यार्थीहरू सिन्धुपाल्चोकमा


जनतापत्र, चौतारा ।
त्रिभुवन विश्वविद्यालय, महाराजगन्ज मेडिकल क्याम्पसका विद्यार्थीहरू समुदाय स्वास्थ्य निरुपण( Community Health Diagnosis, CHD+ कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकको वडाहरूमा आएका छन् । एम. वि. वि. एस. प्रथम वर्षका १०० जना विद्यार्थीहरू दश समूहमा विभाजित भई नगरपालिकाको दशओटा वडामा रहेका छन्। एक महिनासम्म सोही समुदायमा रहेर घर घर गई उक्त क्षेत्रको स्वास्थ्य, खानेपानी, सरसफाइ एवम् विविध विषयको अध्ययन गर्ने उनीहरूले जनाएका छन् । सोही कार्यक्रम अन्तर्गत समूह ’ग’ का विद्यार्थीहरूले चौतारा साङ्गाचोकगढि नगरपालिका वडा नं १३ को सामाजिक नक्सा Social Map स्थानीय स्रोत साधन प्रयोग गरी बनाएका छ
न् । उक्त नक्सा श्री सेतिदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा सोही विद्यालयका प्रधानाध्याप
क, वडाअध्यक्ष, स्वास्थ्य प्रमुख एवम् स्थानीयको सहयोगमा बनाएका छन् । त्यस समूहमा सन्देश आचार्य, सुजल पौडेल, बिपेस बोलखे, सन्तोष उप्रेती, अभय आचार्य, अभिषेक आचार्य, निजन शर्मा, जेनिस केसी, नियोन्सी शर्मा र समिक्षा पान्डे रहेका छन् । समुदायमा रहेर केहि कुरा सिक्न र सिकाउन विद्यार्थीहरू उत्साहित रहेको उनीहरूले बताएका छन् ।

 1,939 total views,  2 views today

Related posts