
जनतापत्र, मेलम्ची ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण लेखाजोखा कार्यक्रम सोमबार र मंगलबार नगरपालिकाको हलमा सम्पन्न गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालका अनुुसार, कार्यक्रम बाट १०० अंकमा नगरपालिकाले ७१ अंक दावि गरेको हो ।
अहिले ७१ अंक दाबी गरेपनि आगामि बर्ष शतप्रतिशत नै पुग्नेगरी कार्यसञ्चालन गर्न कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर प्रमुख आइतमान तामाङले आग्रह गरे ।
यस कार्यक्रमबाट महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको महशुस भएको उनले बताए ।
537 total views, 2 views today