सासु बुहारी नगरद्धारा सम्मानीत


जनतापत्र, मेलम्ची ।
१२ जोडि सासु बुहारीलाई सम्मान गरिएको छ । मेलम्ची नगरपालिकाद्धारा नगरभित्रका १३ वडाका १२ जोडि सासु बुहारीलाई सम्मानीत भएका हुन् । नगरपालिकाकी कर्मचारी अम्बिका डोटेलले एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान लगायतले वडा बाट छनोट भएर आएका सासु बुहारीलाई सम्मान गरेको बताइन् ।
वडामा रहेका वैदेशिक रोजगारीमा गएका पुरुषको घरमा भएका सास
ु बुहारीको सम्बन्ध राम्रो भएको, बुहारी एकल महिला भएको घरमा मिलेका सासु बुहारी,बाल बिबाह नभएको घर, त्यो घरको बालबालिकाको स्वास्थ्य, शिक्षा र बालबालिकाले गर्ने व्यबशार, सासु बुहारीको स्वास्थ्य शिक्षाको अवस्था, सासु बुहारी प्रतिको त्यस घरको जेष्ठ सदस्यको धारणा लगायत मापदण्ड पुरा गरेका घरका सासु बहारीलाई सम्मान गरिएको हो ।

 754 total views,  4 views today

Related posts