
जनतापत्र, हेलम्बु ।
स्थानीय सरकारले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ग्रेट ट्रेल निर्माण गरिरहेको छ । उक्त ग्रेट ट्ेलको नाम षडाक्षरी धर्मचक्र पर्खाल राखीएको छ ।
तिब्बती धर्मगुरु सूर्य सेंगेका छोरा रिग्जिन ठिन्ले दुझोम र हेलम्बुवासी मिलेर गुरु रिम्पोछेको तपोभूमिवरिपरि पर्खाल लगाउनु भनेको प्राचीन कथनअनुसार हेलम्बु सरकारले यस्तो महत्वाकांक्षी योजना ल्याएको हो । षडाक्षरी धर्मचक्र पर्खालको डिपिआर बनाएर चार वर्षअघि काम सुरु गरिएको छ।
पर्यटकीय गन्तव्य हेलम्बुको ‘ग्रेट ट्रेल’ पर्खाल निर्माणमा सयौँ स्थानीय जुटेका छन् । ६० किलोमिटर लामो उक्त पर्खालको हालसम्म तीन किलोमिटर कार्य सम्पन्न भएको छ । निर्माणको प्रारम्भिक चरणमै विदेशी पर्यटक दृश्यावलोकन गर्न आउन थालेका छन्।
1,344 total views, 2 views today