सीप विकासको २ महिने तालीम भोटेचौरमा


जनतापत्र, मेलम्ची ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकासको २ महिने तालीम लिए भोटेचौरमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौरका स्थानीय सिप सिकेर आत्मनिर्भरताको बाटो रोज्ने भएका छन् । उक्त तालिम लिएका स्थानीयले जिविकोपार्जनमा सहजता हुने बताएका छन् । स्थानीय सरकारले गरेको लगानी दुरुपयोग नगर्न आग्रह तालिमको आज समापन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले बताइन् । सिप सिकाएर आत्मनिर्भर बनाउनका लागि यो तालिम प्रदान गरिएको उल्लेख गर्दै तालीम तालिममै मात्र सिमित नगर्न उनको आग्रह रहेको थियो ।

 3,755 total views,  28 views today

Related posts