
जनतापत्र, मेलम्ची ।
सामुदायिक मेलमिलाप केन्द्रको आयोजना मेलमिलाप सम्बन्धि आधारभूत सिन्धुपाल्चोकको मेलम्चीमा सकिएको छ । उक्त तालिमलाई मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सहजीकरण गरेको हो । तालिम गत १७ गतेबाट सुरु भएको तालिम २४ गते मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा भएको समापन भएको हो । समापन कार्यक्रमलाई समापन गर्दै उपप्रमुख प्रधानले न्यायीक सम्पादनको कार्यले फड्को मार्ने बताइन् । तालिममा सिकेका कुराहरुलाई व्यबहारमा लागु गर्न उनले आग्रह गरिन् । वडामा विवाद मिलाउदा कतिपय वडामा वडा सदस्य हरुले मेलमिलाप कर्ताहरुलाइ हस्तक्षेप गर्ने गरेको गुनासो आएको र त्यसो हुन दिन नहुने उपप्रमुख प्रधानले बताइन् ।
फाटेका मन सिलाउने डाक्टरको जिम्मेवारी पाएकोमा बधाई तथा सुभकामना ब्यक्त गर्दै आफुले पाएको अवसरलाई जिम्मेवार ढंगले पुरा गर्न प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति सिन्धुपाल्चोकका अध्यक्ष नेत्रप्रसाद धितालले आग्रह गरे ।

तालिम निकै उपलब्धि मुलक भएको कार्यक्रममा सामुदायिक मेलमिलाप कर्ता समाज सिन्धुपाल्चोकका अध्यक्ष टिका सुवेदीले बताए । कार्यक्रममा बोल्दै उनले समाजमा धेरै विवादहरु छन् त्यसलाई संबाद मार्फत समाधान गरेर अगाडि बढ्नुनै यस्को मुख्य लक्ष्य र उद्देश्य रहेको बताए ।

कार्यक्रम सामुदायिक मेलमिलाप केन्द्र मेलम्ची नगरपालिकाका सचिव केशव पौडेलले सञ्चालन गरेका थिए । तालिम फलदायि भएको भन्दै खुशि ब्यक्त गर्दै सिकेका कुरा वडामा गएर लागु गर्ने कार्यक्रममा सहभागिहरुले बताएका छन् । नगर स्तरिय मेलमिलाप सञ्जालका अध्यक्ष शिव नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सम्पर्क ब्यक्ति सहित ३५ जना मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो ।

5,500 total views, 28 views today