
जनतापत्र, मेलम्ची ।
मेलम्चीमा मखमल र परालको जुत्ता बन्ने तालिमको समापन भएको छ । “सिप सिकौं रोजगार बनौं” भन्ने नाराका उक्त तालिम मेलम्ची नगरपालिकाको आयोजनामा एकल महिलाहरूको लागि सुरु भएको थियो । एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने नगर प्रमुख तामाङले कार्यक्रमको समापन गर्दै बताए ।
सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले जाकारी दिए । सिकेका कुराहरुलाई निरन्तरता दिदैं आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बनाउन उनले आग्रह गरे ।
4,702 total views, 4 views today