बहुविवाह मुद्दाका फरार अपराधी दोर्जे तामाङ पक्राउ


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोकको भोटेकोशी ५ अन्थलीका दोर्जे तामाङलाई प्रहरीले प्रकाउ गरेको छ । उनी वहुविवाह मुद्दामा ८ वर्ष देखि फरार रहेका थिए । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति बहुविवाह मुद्दामा कैद १ बर्ष र जरिवाना रु ५०००।– सजाय भएका सुनाएको थियो ।
ईलाका प्रहरी कार्यालय वाह्रविसेबाट खटिएको प्रहरी टोलीले जेठ ९ गते तामाङलाई ८ वर्ष पछि कार्यालय मातहत पक्राउ गरेको हो । चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले बुधबार १० गते सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरि अदालतले लागेको कैद ÷ जरिवाना सजाय असुल उपरका लागि कारागार चलान गरिएको बताएको छ ।

 744 total views,  2 views today

Related posts