
जनतापत्र, पाँचपोखरी ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको वार्षिक प्रगति सार्वजनिक तथा सार्वजनिक सुनुवाई समापन भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेको वर्ष पुगेको अवसरमा वार्षिक उपलब्धि सार्वजनिक गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा गाउँपालिकाले व्यवसायीक कृषि, खाद्य सुरक्षा दिगो विकास मार्फत जनजीवनलाई सहज तुल्याउने ,गाउँपालिका भित्रका शैक्षिक पुर्वाधार संरचना तथा गुणस्तरमा सुधार ल्याउने ,कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरि आत्मनिर्भरता तथा आपूर्तिमा सहजता ल्याउने उद्धेश्य लिइएको प्रस्तुत गरिएको छ । स्थानीय सरकारको शासन तथा सेवा प्रवाहलाई आधुनिक र गुणस्तरीय बनाउने ,स्थानीय स्रोत, साधनको खोजी तथा दिगो उपयोग गर्ने, दिर्घकालीन आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने कुरालाई गाउँपालिकाको आगामि दिनमा अवलम्बन गर्नुपर्ने विषयहरु प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा सरकारी जग्गाको लगत संरक्षण गर्नुपर्ने , ओ.एण्ड एम. सर्भे गरी जनशक्तिको उचित व्यवस्थापन गर्नुपर्ने ,आन्तरिक श्रोतको दिगो उपयोग र फराकिलो कराधारको खोजी गर्नुपर्ने , गुणस्तरीय सडकको निर्माणमा जोड दिनुपर्ने , सामुदायिक भवन,गुम्बाहरुको मापदण्ड निर्धारण गर्नुुपर्ने , सडकहरुको लगत कट्टा गर्नुपर्ने लगायतका विषय आगामि योजनामा र गाउँपालिकाले गरेका असल अभ्यासभित्र अनलाईन मार्फत गाउँपालिका तथा वडा कार्यालयमा सबै सेवा संचालन , गाउँवाल संरक्षण अक्षयकोष स्थापना, जुम्ल्याह बच्चाहरुलाई प्रोत्साहन, डिजिटल विद्यालय सेवा संचालन, टुरिजम एप र नक्सा निर्माण, विद्यालय नर्स सेवा संचालन, निशुल्क सेनिटरी प्याड वितरण, डिजिटल घरधुरी नम्वर प्रदान सुरु, कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण, विज्ञान कलाको प्रवद्धन गर्न सिकाईमेला आयोजना र बिद्यालय करेशावारी कार्यक्रम अटाएका छन् ।
754 total views, 4 views today