
जनतापत्र, इन्द्रावति ।
सिबिएम नेपालको आर्थिक सहयोगमा अपांगता भएका २ जना ब्यक्तिलाई बाख्रा सहयोग गरिएको छ । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का अपांगता भएका ब्यक्तिलाईसप्रोस नेपालद्वारा संचालित समुन्नति परियोजना अन्तर्गत अपांगता भएका ब्यक्तिहरुको लागि जिविकोपार्जन सहयोग अन्तर्गत बाख्रा सहयोग गरिएको हचे । वडा नम्बर ५का वडा अध्यक्ष शशिनाथ आचार्यले
अपांगता भएका ब्यक्तिहरुको जिविको पार्जनमा टेवा पुर्याउनका लागी बाख्रा सहयोग गरिएको जानकारी दिए ।
पालिकाले संघसंस्था हरुसंग समन्वय गर्दै विकास निर्माण लगायत जिविकोपार्जन संग सम्बन्धित विभिन्न कार्यक्रम गरिरहेको बाख्रा वितरण गर्दै आचार्यले जानकारी दिए ।
कार्यक्रममा सप्रोस नेपालका सामाजिक परिचालक सम्भु सापकोटा ,वडाका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
1,041 total views, 2 views today