गलैचा बुनेर आर्थिक आम्दानी बढाउदै छापका महिलाहरु


जनतापत्र, चौतारा ।
पछिल्लो समयमा महिलाहरु आर्थिक आम्दानी बढाउन तर्फ लागिपरेका छन् । बिभिन्न प्रकारका आर्थिक आम्दानी बढाउने किसिमका कामहरुमा महिलाहरुले रुची देखाउन थालेका हुन् ।
त्यस्तै सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका वडा नं ५ छापका महिलाहरुले पनि गलैचा बुनेर आत्मनिर्भर बन्दै गइरहेका छन् । उक्त गाउँमा महिलाहरुले प्रत्येक घरमा गलैचाँको तान राखेका छन् । चुलो चौकोमा मात्र सिमित हुने महिलाहरु आफै कमाउन थालेका छन ।

गाउँमै बसेर घरको सबै काम सकेर गलैचा बुन्न छापकी संगिता श्रेष्ठ अहिले माहिर भइसकेकी छिन् । उनि दैनिकी गलैचा बुनेरै दिन बिताउन थालेकी छिन् । उनि सँगै गाउँका धेरै महिलाहरु गलैचा बुनेर आफ्नो घरखर्च चलाउन थालेका छन् ।
नगरपालिकाले केहि समय अगाडि गलैचा बुन्ने तालिम दिएको थियो । उक्त तालिम लिएपश्चात उनिहरुले यो कार्यलाई थालनि गरेका हुन् । तालिम सिकेका सबै साथीहरूलाई गलैचाको तान बितरण गरेका थिए । त्याँही तान पाए पछि उनले घरको काम संगै गलैचा बुन्न बढी समय राखेर बुन्न थालेकी हुन् ।

 7,745 total views,  2 views today

Related posts