नेपाल भित्रिने स्याउ, आलु र प्याजको आयातमा कमी


जनतापत्र, तातोपानी ।
सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी विदेशी वस्तुमा मूल्यअभिवृद्धि कर (भ्याट) जोडेपछि नेपाल भित्रिने स्याउ, आलु र प्याजको आयातमा कमी आएको छ ।
तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीका अनुसार, तिब्बतको जाङ्मु पोर्ट (खासा) भएर तातोपानी आउने स्याउ, आलु, प्याज र लसुनको परिमाण आधा घटेको हो । उनले भने, ‘फलफूलजन्य वस्तु मात्रै होइन, लत्ताकपडा, जुत्ता, इलेक्ट्रिक सामान र अन्य तयारी सामग्रीको आयात पनि आधा घटेको छ,’ ।
स्याउ, आलु र प्याजमा २९ प्रतिशत राजस्व लाग्दा भ्याट १३ प्रतिशत रहेको छ । त्यस्तै भन्सार महसुल १०, अग्रिम आयकर पाँच र अन्य एक प्रतिशत रहेको छ । १८ वैशाखदेखि तातोपानीबाट निकासी खुला भएको नाकाबाट निकासी बन्द नै रहेको छ । सुरुको दिनमा ४२ लाखको चार गाडी सामान खासा आएता पनि अहिले भने निकारी ठप्प भएको हो ।

 8,526 total views,  2 views today

Related posts