
जनतापत्र, इन्द्रावति ।
इन्द्रावती गाउँपालिका र क्षेत्रगत कार्यक्रम SWAP को आर्थिक सहयोग एवं हेल्भेटास र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च CDECF को प्राविधिक एवं सामाजिक सहजीकरणमा भिरखर्कमा शनिबार झोलुङ्गे पुुलको उद्घाटन कार्यक्रम भएको छ । निर्मित पुलको प्रमुख अतिथका रुपमा रहेका गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले उद्घाटन गरेका हुन् ।
उक्त झोलुङ्े पुलले इन्द्रावती गाउँपालिकाको वडा नं १ भिरखर्क र चौतारा साँगाचोकगढी नगरपालिका १ को स्याउले स्थित कातर्चे जोड्छ । झोलुङ्गे पुुलको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नेपालले पुल उद्घाटन वडा नम्बर १ मा भएको बिकासको नमुना भएको जनाए ।
उनका अनुसार, गाउँपालिकाले वडा नम्बर १ को बिकासलाई गाउँपालिकाले बिशेष प्राथमिकताका साथ हेरेको र यहाँको पुल पुलेसा, बाटोघाटो, सिँचाई, खानेपानी,शिक्षा,स्वास्थ्य लगायत समग्र विकासको क्षेत्रमा कार्य गरिरहेको छ ।
उक्त पुल ३२ लाख ४० हजार ६ सय ४१ कुल लागतमा निर्माण भएको हो । ४९ मिटर लम्बाई रहेको पुलको गत वर्षको फागुनको अन्तिममा सम्झौता गरी उपभोक्ता समिति मार्फत चैतको सुरुदेखी निर्माण कार्य सुचारु भएको थियो । सो पुलबाट इन्द्रावती १ र चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १ स्याउलेका स्थानीयलाई फाइदा पुग्ने छ ।
सो कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर १ का अध्यक्ष चिनलाल तामाङ, पुर्व वडा अध्यक्ष श्री लामा, सहयोगी सँस्थाका तर्फबाट सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च क
ा अध्यक्ष रामजी थापा, कार्यकारी निर्देशक गोबिन्द सापकोटा लगायतको सहभागिता रहेको थियो ।
660 total views, 2 views today