
जनतापत्र, हेलम्बु ।
मेलम्ची खोलामा ९० हजार माछाका भुरा छाडिएको छ ।
मेलम्ची खोलामा पहिलो चरणमा ९० हजार माछाका भुरा तराईबाट ल्याइएर राखिएको हेलम्बु गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सुरुमा पाँच लाखको भुरा ल्याएको र खोलामा पाहा, भ्यागुता र अन्य ससाना जीव पनि हालिने बताए ।
उनले बताएअनुसार, भेमाथाङमुनि मेलम्ची घ्याङदेखि तालामाराङ क्षेत्रसम्म भुरा हालिने पालिकाको योजना रहेको छ ।
खोलाको प्राकृतिक अस्तित्व फर्काउन माछालगायत नदीजन्य जीव ह
ाल्ने हेलम्बु गाउँपालिका कार्यपालिकाको बैठकमा निर्णय गरिएको छ ।
1,856 total views, 4 views today