रेमिट्यान्समा बृद्धि


जनतापत्र ।
नेपालमा गत बर्ष भन्दा यो बर्ष रेमिट्यास बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा रेमिट्यान्स २२.७ प्रतिशतले बढेको छ । पोहोरको साउनदेखि जेठसम्म ११ महिनामा मुलुकमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल आएको हो । गत आर्थिक वर्षको एघार महिनासम्ममा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले मात्रै बढेको थियो ।
अमेरिकी डलरमा पनि रेमिट्यान्स १३ प्रतिशतले बढेर ८ अर्ब ५१ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको हो ।

 7,282 total views,  2 views today

Related posts