बुढाथोकी नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको अध्यक्षमा चयन


जनतापत्र, चौतारा ।
नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा किशोर बुढाथोकी निर्विरोध चयन भएका छन् ।

आइतबार मेलम्चीमा भएको अधिवेशनबाट उपाध्यक्षमा निरोज चौलागाईं, महिला उपाध्यक्षमा कमला पाख्रिन, सचिवमा अनिस तिवारी, सहसचिवमा शान्ति श्रेष्ठ र प्रितम तामाङ निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा आदित्य दाहाल र सह कोषाध्यक्षमा सरु श्रेष्ठ चयन भएका छन् ।

निवर्तमान अध्यक्ष दुर्गा आचार्यका अनुसार, सदस्यहरूमा भवनाथ आचार्य ,अधिराजकुमार बस्नेत, नवीन काफ्ले, चण्डिका नेपाली, पुस्पा सुनार, कौशिला नेपाली, फूलमान तामाङ, सुस्मिता सिग्देल र नेत्रबहादुर बस्नेत रहेका छन् ।

 1,454 total views,  2 views today

Related posts